Techie IT
HK Tube Nepal

इसाई समाज मैत्रीपूर्ण फुटबलको उपाधी पुर्वी मोरङ इसाई समाजले हात पार्‍यो


बेलवारी, साउन १६ । बेलवारी इसाई समाजले आयोजना गरेको नगर इसाई समाज मैत्रीपूर्ण नकआउट फुटबल प्रतियोगिताको उपाधी पुर्वी मोरङ इसाई समाजले हात पारेको छ ।

आइतबार सम्पन्न भएको फाइनल खेलमा दमक इसाई समाजलाई ४-० को गोल अन्तरले हराउँदै पुर्वी मोरङ इसाई समाजले फराकिलो जित निकालेको हो । विजयी टिमका मिक्सन दासले आफ्नो टिमका लागि एकल ३ गोल गर्दा १ गोल प्रतिद्वन्दी टिमबाट उपहार स्वरुव प्राप्त गरेको थियो । उपाधिसँगै विजेता टिमले २० हजार र दोश्रो हुनेले १५ हजार नगद रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र हात पारे ।

साउन ९ गतेदेखि सुरु भएको प्रतियोगिता १५ गतेसम्म सञ्चालन भएको थियो । प्रतियोगितामा १२ टिमले सहभागीता जनाएका थिए भने खेल बेलवारी स्थित बेतना दक्षिण रहेको खेलमैदानमा सञ्चालन गरिएको थियो ।           फोटो :-                                                                                                                                           



तपाईको कमेन्ट लेख्नुहोस्