Techie IT
HK Tube Nepal

बसबाट लड्दा कानेपोखरीका एक वृद्धको मृत्यु


विराटनगर, साउन १७ । मोरङको कानेपोखरी २ स्थित सडक खण्डमा बसबाट लड्दा एक वृद्धको मृत्यु भएको छ ।

मंगलबार बिहान करिब ११ बजे कानेपोखरीबाट रंगेलीतर्फ जादै गरेको को.१ ख ४१८८ नम्वरको बसमा सवार रहेका कानेपोखरी गाउँपालिका २  बस्ने ७३ बर्षीय बलभद्र पराजुली बसबाट ओर्लने क्रममा लडी घाईते भएका थिए । घाईते पराजुलीको रंगेली अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

उक्त बस र चालक रतुवाईमाई नगरपालिका-२ का बावुराम टुडुलाई इलाका प्रहरी कार्यालय रंगेलीले नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।



तपाईको कमेन्ट लेख्नुहोस्