Techie IT
HK Tube Nepal

‘कानेपोखरी’ को पर्यटकिय स्थल सरसफाई


कानेपोखरी, साउन ३१ । मोरङको ऐतिहासिक एवं पर्यटकिय स्थल कानेपोखरीको सरसफाई गरिएको छ । कानेपोखरी गाउँपालिकाको आयोजनामा वडा नं. ७ मा बनेको पर्यटकीय स्थलको सरसफाई गरिएको हो ।

राष्ट्रिय युवा संघ, अखिल नेपाल महिला संघ, मदन भण्डारी स्पोर्ट्स एकेडेमी र आइटिएफ तेक्वान्दो डोजाङ कानेपोखरीले सहजीकरण गरेको सरसफाई कार्यक्रममा सो क्षेत्रमा रहेको अनावश्यक झाँडी फाड्ने, पोखरी वरिपरिको सरसफाई, अनावश्यक ढुङ्गा, गिटि पन्छ्याउने, सम्याउने, पर्यटकहरुले प्रयोग गरेर फालेका जैविक र अजैविक सामग्रीहरुलाई व्यवस्थापन गर्ने लगायत कार्य गरेर सरसफाई गरेको थियो ।
पर्यटकिय स्थललाई सफा र हराभरा राख्नुपर्ने सोचले सरसफाई गरिएको पालिका अध्यक्ष राजमती इङ्नामले बताइन। उनिले भनिन्, ‘हामी सबै सकरात्मक परिर्वतनको संवाहक बन्नुपर्छ । पर्यटन प्रर्बद्धनको अभियानमा लाग्नुपर्छ ।”

पछिल्लो समय पालिकाका युवाहरु ऐतिहासिक, सार्वजनिक र पर्यटकिय स्थलहरुको संरक्षणमा जुटिरहेका छन । सकारात्मक सोच राखेर युवाहरु नै यस्ता कार्यमा सक्रिय भइरहेका छ्न ।

सो कार्यक्रममा पालिका अध्यक्ष राजमती इङ्नाम, उपाध्यक्ष भोला अधिकारी र प्रमुख प्रशासकिय अधिकृत सन्तोष घिमिरे र गोविन्द फुयल, वडाअध्यक्षहरु खड्ग बस्नेत, चरण गुरुङ, मोहन प्रसाद अधिकारी, राष्ट्रिय युवा संघ मोरङका इन्चार्ज भूपाल श्रेष्ठ, राष्ट्रिय युवा संघ नेपाल कानेपोखरी अध्यक्ष अशोक फुयल, मदन भण्डारी स्पोर्टस एकेडेमी कानेपोखरीका अध्यक्ष जीवन लिम्बू, आईटिएफ तेक्वाण्डो डोजाङ जिल्ला अध्यक्ष युवराज भुजेल, डोजाङ्गका प्रशिक्षार्थीहरु, अस्थाई प्रहरी चौकी कानेपोखरीका असइ राजिव अधिकारी, कार्यपालिका सदस्य, वडासदस्यहरु, सामुदायिक वन समितिका सदस्यहरु लगायतको उपस्थितिमा सरसफाइ कार्यक्रम सम्पन्न भएको थियो ।



तपाईको कमेन्ट लेख्नुहोस्