Techie IT
HK Tube Nepal

लोकतान्त्रिक आदिवासी, जनजाति कानेपोखरीको अध्यक्षमा चिरञ्जीवी तामाङ सर्वसम्मत


कानेपोखरी, भदौ ११ । नेपाल कम्युनिस्ट पार्टी (एमाले) सम्बद्ध भातृ संगठन लोकतान्त्रिक आदिवासी, जनजाति महासंघ नेपाल, मोरङ कानेपोखरीको प्रथम भेलाबाट अध्यक्षमा चिरञ्जीवी तामाङ सहित ४१ सदस्यीय कमिटी सर्वसम्मत चयन भएको छ ।

त्यस्तै, उपाध्यक्षमा श्याम राजवंशी, सचिवमा राजकुमार धिमाल, सहसचिवमा भगिराज लिम्बू, कोषाध्यक्षमा राजकुमारी तामाङ, सदस्यहरुमा प्रेमकला गुरुङ, दिपक तामाङ, उदिप लिम्बू, चन्देश्वर चौधरी, राजन राई, लोकबहादुर लिम्बू, शान्तामाया लिम्बू, प्रमिला हेमरन, बिरबहादुर चौधरी, सुमन राई, सन्त लिम्बू, सन्तोष लिम्बू, नवराज गुरुङ, प्रकाश मगर, रविन धिमाल, प्रदिप धिमाल, सृजना राई, लिला धिमाल, सुर्यबहादुर गुरुङ, सावित्री गुरुङ, कालुराम चौधरी, जोसेफ मुर्मु, वाज मुर्मु र भूमिका सुब्बा चयन भएका हुन । १ जना उपाध्यक्ष, १ जना सहसचिव र अन्य बाँकी रहेको कमिटी सदस्यहरु अर्को बैठक बसेर पुर्ती गर्ने कमिटी अध्यक्ष तामाङले बताए ।

कानेपोखरी गाउँपालिका अध्यक्ष एवं एमाले अनुशासन आयोग केन्द्रिय सदस्य राजमती इङ्नामको प्रमुख आतिथ्यता गठन भएको कमिटीमा, वडा अध्यक्ष चरण गुरुङ, पार्टीका प्रतिनिधि लगायतको उपस्थिति रहेको थियो । गठन कार्यक्रम कानेपोखरी २ केरौनको आदिवासी भवनमा सम्पन्न भएको थियो ।



तपाईको कमेन्ट लेख्नुहोस्