Techie IT
HK Tube Nepal

तिजको दिन नायिका रेखा थापा ‘रमाइलो महोत्सव’मा आउँने


कानेपोखरी, भदौ १२ । हरितालिका तिजको अवसर पारी यहि भदौ १४ गते मंगलबार रमाइलोमा चर्चित नायिका रेखा थापा आउँने भएकी छिन ।

मोरङ, कानेपोखरी ६ रमाइलो बस स्टेन्ड पुर्वको खाली जग्गामा आजबाट सुरु भएको ‘रमाइलो महोत्सव’ मा नायिका थापा दिनको ठिक २ बजे उपस्थित हुने भएकी हुन । महिलाहरुको उत्सव एवं श्रद्धाको पर्वमा हौसला बढाउँन साथै सँगै रमाइलो गर्नको लागि थापा उपस्थित हुने भएको महोत्सव व्यवस्थापन संयोजक नवीन पौडेलले बताए ।
सो दिन उपस्थित हुनेहरुका लागि टिकट फ्री हुने आयोजकले बताएको छ । साथै, सम्पूर्ण महिला दिदीबहिनीहरुलाई हर्सोल्लासका साथ उपस्थित हुन समेत आयोजकले अनुरोध गरेको छ ।



तपाईको कमेन्ट लेख्नुहोस्