Techie IT
HK Tube Nepal

राई पत्रकार संघ मोरङको अध्यक्षमा बिजय खम्बू


कानेपोखरी, भदौ १२ । किरात राई पत्रकार संघ मोरङको तेस्रो जिल्ला सम्मेलनबाट अध्यक्षमा बिजय खम्बू राई सर्वसहमत चयन भएका छन् ।

त्यस्तै, उपाध्यक्ष हिमाल राई, सचिबमा संगीता राई, सहसचिवमा कबिता राई र सहकोषाध्यक्षमा पबित्रा राई चयन भएका हुन ।
सदस्यहरुमा शुसिला राई, असिम राई, अविशेक बान्तावा किराँती र सम्झना राई सर्वसहमत निर्वाचित भएका हुन् ।
सम्मेलन आयोजक समितिको संयोजक नारायण राईको सभापतित्वमा र सचिव लक्षणा राईले सञ्चालन गरेको कार्यक्रममा किरात राई यायोक्खा केन्द्रीय सचिव अर्जुन जम्नेली राई, किरात राई पत्रकार संघको केन्द्रीय सहसचिव शन्तोष राई, नेपाल आदिबासी जनजाति पत्रकार महासंघ (फोनिज) १ नं. प्रदेश समिति सदस्य अर्जुन कुलुङ राई लगायतले शुभकामना दिएका थिए । किरात राई पत्रकार संघको राष्ट्रिय सम्मेलन यही भदौ २८ र २९ गते काठमाडौमा हुँदैछ । पथरीशनिश्चरे १ स्थित मनोहर होटल एण्ड पार्कमा सम्मेलन सम्पन्न भएको थियो ।



तपाईको कमेन्ट लेख्नुहोस्