Techie IT
HK Tube Nepal

भोलि ‘कानेपोखरी महोत्सव’ मा गायिका रचना रिमाल आउँदै


कानेपोखरी, भदौ १५ । मोरङ, कानेपोखरी ६ रमाइलोमा जारी रहेको ‘कानेपोखरी महोत्सव’ मा भोलि चर्चित गायिका रचना रिमाल आउँने भएकी छिन । रिमाल नेपाल आइडलको तेस्रो संस्करणबाट चर्चामा आएकी गायिका हुन् ।

‘फोटो फिरिममा’, ‘उनको प्रीति’, ‘पानी छम्किने’, मिनिरल वाटर’, ‘चहान्छु माया बढोस’, लगायतका एक हजारभन्दा बढी आधुनिक तथा पार्श्वगित गाइसकेकी रिमाल आफ्नो सांगितिक प्रस्तुतिबाट  कानेपोखरीका दर्शकलाई झुमाउन उपस्थित हुने महोत्सव व्यवस्थापन कमिटी संयोजक नवीन पौडेलले बताए । उनले भने, ‘रिमालसँगै स्थानीय कलाकारहरुको पनि बेजोड प्रस्तुति रहनेछ ।

सो दिन महोत्सव हेर्न आउँने दर्शकले प्रतिव्यक्ति १ सय रुपैयाँ तिर्नुपर्ने भौतिक संरचना निर्माणको जिम्मेवारी पाएका पर्वत लामाले जानकारी दिए ।
महोत्सव साझँ ६ बजेदेखि करिब १० बजेसम्म सञ्चालन हुने आयोजकले सुनाए ।

‘शैक्षिक, कृषि एवं पर्यटन प्रवर्द्धनका लागि’ भन्ने मुल नाराका साथ भदौ १२ देखि सुरु भएको महोत्सव २७ गतेसम्म चल्नेछ ।

रमाइलो युवा परिवार, कानेपोखरी व्यापार संघ, जेसिज रमाइलो र लायन्स क्लब अफ रमाइलोको संयुक्त आयोजनामा जारी महोत्सवमा दिउँसो सुकुना बहुमुखी, मनमाेहन पाेलिटेेक्निक, मदन भण्डारी स्मृति प्रतिष्ठान, पथरीको पन्चायत मावि लगायतको विज्ञान संकाय पठनपाठन हुने विद्यालयका विद्यार्थीको विज्ञान प्रर्दशनी, कृषि उपकरण प्रर्दशनी, स्थानीय स्तरमा उत्पादन कृषि सामग्री प्रचार, विभिन्न प्रकारका स्टलहरु राखिएको छ ।



तपाईको कमेन्ट लेख्नुहोस्