Techie IT
HK Tube Nepal

‘कानेपोखरी महोत्सव’- आज गायक शिव परियार


कानेपोखरी, भदौ १८ । नेपाली सुगम संगितका चर्चित गायक शिव परियार आज शनिबार कानेपोखरी ६ रमाइलोमा जारी ‘रमाइलो महोत्सव’ मा आउँदै छ्न ।

सर्लाही जिल्लामा जन्मेका गायक परियारले ‘कहाँ थियौं तिमी’, ‘पिउँदिन भन्दाभन्दै’, ‘क्या दामी भो’, ‘आँशुको अर्थ’, ‘नभेटी-नभेटी’, ‘फेवा तालमा साइँली’, ‘अलिकति नजर तिम्रो’, लगायतका एक दर्जनभन्दा बढि सुपरहित गित दर्शकमाँझ पस्किसकेका छ्न । हालसम्म, उनले आधुनिक र चलचित्रका गरि करिब २ हजार गितहरुमा आफ्नो आवाज दिइसकेका छ्न ।

गायक परियारले आफ्नो सांगितिक प्रस्तुतिबाट  कानेपोखरीका दर्शकलाई झुमाउन उपस्थित हुने महोत्सव व्यवस्थापन कमिटी संयोजक नवीन पौडेलले बताए । उनले भने, ‘परियारसँगै स्थानीय कलाकारहरुको पनि बेजोड प्रस्तुति रहनेछ ।

आज महोत्सव हेर्न आउँने दर्शकले प्रतिव्यक्ति १ सय रुपैयाँ तिर्नुपर्ने व्यवस्थापनकिय जिम्मेवारी सम्हालेको कम्पनी सयपत्री इन्टरटेनमेन्ट प्रालीका सञ्चालक पर्वत लामाले जानकारी दिए ।

महोत्सव साझँ ६ बजेदेखि १० बजेसम्म सञ्चालन हुने आयोजकले सुनाए । गत बिहिवार गायिका रचना रिमालको प्रस्तुती रहँदा १ हजार बढिको सङ्ख्यामा दर्शकको उपस्थिती रहेको र आज पनि दर्शकको उल्लेख्य साथ हुने आयोजकले बताए ।

‘शैक्षिक, कृषि एवं पर्यटन प्रवर्द्धनका लागि’ भन्ने मुल नाराका साथ भदौ १२ देखि सुरु भएको महोत्सव २७ गतेसम्म चल्नेछ ।

रमाइलो युवा परिवार, कानेपोखरी व्यापार संघ, जेसिज रमाइलो र लायन्स क्लब अफ रमाइलोले महोत्सवको संयुक्त आयोजना गरेको हो ।



तपाईको कमेन्ट लेख्नुहोस्