Techie IT
HK Tube Nepal

‘रमाइलो महोत्सव’ मा – आज गायिका प्रिती आले


कानेपोखरी, भदौ २० । मोरङ, कानेपोखरी ६ रमाइलोमा जारी ‘कानेपोखरी महोत्सव’ मा आज सोमबार चर्चित लोक तथा दोहोरी गायिका प्रिती आले आउँदै छिन ।
फुल फुल्यो बामरी, दोहोरी ब्याटल, सोल्टी राजाको टुम्लेटमा पानी, कुखुराको भाले, जस्ता थुप्रै चर्चित गितबाट चर्चाको शिखर चुमेकी गायिका आलेले कानेपोखरीका दर्शकहरुलाई आफ्नो संगित मार्फत मनोरञ्जन दिन आउँने भएकी आयोजकले बताएको छ ।

आज महोत्सव हेर्न आउँने दर्शकले प्रतिव्यक्ति १ सय रुपैयाँ तिर्नुपर्ने व्यवस्थापनकिय जिम्मेवारी सम्हालेको कम्पनी सयपत्री इन्टरटेनमेन्ट प्रालीका सञ्चालक पर्वत लामाले जानकारी दिए ।

महोत्सव साझँ ६ बजेदेखि १० बजेसम्म सञ्चालन हुने आयोजकले सुनाए । गएको शनिबार गायक शिव परियारको प्रस्तुती रहँदा १ हजार बढिको सङ्ख्यामा दर्शकको उपस्थिती रहेको र आज पनि दर्शकको उल्लेख्य साथ हुने आयोजकले बताए ।

‘शैक्षिक, कृषि एवं पर्यटन प्रवर्द्धनका लागि’ भन्ने मुल नाराका साथ भदौ १२ देखि सुरु भएको महोत्सव २७ गतेसम्म चल्नेछ । रमाइलो युवा परिवार, कानेपोखरी व्यापार संघ, जेसिज रमाइलो र लायन्स क्लब अफ रमाइलोले संयुक्त भवन निर्माणका लागि महोत्सवको आयोजना गरेको हो ।



तपाईको कमेन्ट लेख्नुहोस्