Techie IT
HK Tube Nepal

पथरी प्रहरीको साइकल गस्ती


कानेपोखरी, भदौ २३ । मोरङ, इलाका प्रहरी कार्यालय पथरीले ‘साइकल गस्ती’ सुरु गरेको छ ।

नजिकिँदो चाडपर्वलाई लक्षित गरेर ५ वटा माउन्टेन साइकलको प्रयोग गरि प्रत्येक दिन पथरी बजार एरिया भित्रको सुरक्षालाई चुस्तदुरुस्त पार्न गस्ती सुरु गरिएको इप्रका पथरीका डिएसपी बेदप्रसाद गौतमले बताए । उनले भने, ‘ साइकलको प्रयोग गरि गस्ती गर्दा बजारका सम्पूर्ण भित्री एरिया सहजै समेट्न सकिनेछ’।

राष्ट्रिय वाणिज्य बैक र एनआइसी बैक पथरी शाखाले २-२ थान गरि चारवटा हस्तान्तरण गरेको हो भने एउटा कार्यालयले व्यवस्थापन गर्नेछ । प्रत्येक साइकलको मूल्य १४ हजार ५ सय परेको हो ।



तपाईको कमेन्ट लेख्नुहोस्