Techie IT
HK Tube Nepal

‘कानेपोखरी महोत्सव’मा आज गायिका मेलिना राईको प्रस्तुति हुने


कानेपोखरी, भदौ २४ । ‘कानेपोखरी महोत्सव’ मा आज शुक्रवार आधुनिक तथा पार्श्व संगितमा आफुलाई अब्बल सावित गरिसकेकी लोकप्रिय गायिका मेलिना राईले प्रस्तुति दिने भएकी छिन ।

‘पिरेम नलाउनी…’, ‘बैंसै बेइमानी…’, ‘नाच फिरिरि…’ ‘तिम्ले बाटो फेरेउ अरे…..’ ‘सुर्के थैली खोइ…’ ‘पिरती डोरी…’ ‘म भन्दा नि धेरै माया…’ कम्मर माथि पटुकी…’ लगायतका हिट गितहरु गाइसकेकी गायिका राईले आफ्ना गितहरु मार्फत कानेपोखरीका दर्शकलाई मनोरञ्जन दिन उपस्थित हुने आयोजकले बताए ।

आज महोत्सव हेर्न आउँने दर्शकले प्रतिव्यक्ति १ सय रुपैयाँ तिर्नुपर्ने व्यवस्थापनकिय जिम्मेवारी सम्हालेको कम्पनी सयपत्री इन्टरटेनमेन्ट प्रालीका सञ्चालक पर्वत लामाले बताए ।

गएको बुधबार गायिका तथा मोडल ज्योति मगरको प्रस्तुती रहँदा १५ सय बढिको सङ्ख्यामा दर्शकको उपस्थिती रहेको र आज पनि दर्शकको उल्लेख्य साथ रहने आयोजकले बताए । महोत्सव साझँ ६ बजेदेखि १० बजेसम्म सञ्चालन हुनेछ ।

‘शैक्षिक, कृषि एवं पर्यटन प्रवर्द्धनका लागि’ भन्ने मुल नाराका साथ भदौ १२ देखि सुरु भएको महोत्सव २७ गतेसम्म चल्नेछ । रमाइलो युवा परिवार, कानेपोखरी व्यापार संघ, जेसिज रमाइलो र लायन्स क्लब अफ रमाइलोले संयुक्त भवन निर्माणका लागि महोत्सवको आयोजना गरेको हो ।



तपाईको कमेन्ट लेख्नुहोस्