Techie IT
HK Tube Nepal

कानेपोखरीको सरस्वती स्कुलमा ट्राफिक सचेतनामुलक कार्यक्रम


कानेपोखरी, असोज ०३ । जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङले कानेपोखरी गाउँपालिका ६ मा रहेको सरस्वती आधारभूत विद्यालयमा आज ट्राफिक सचेतनामुलक कार्यक्रम सम्पन्न गरेको छ ।

‘हर पहर गाउँ र नगरी, गाउँ-गाउँमा ट्राफिक प्रहरी’ भन्ने कार्यक्रम अन्तर्गत ग्रामीण क्षेत्रमा रहेको सरस्वती आधारभूत विद्यालयका ४ र ५ कक्षाका विद्यार्थीहरुलाई ट्राफिक नियम, ट्राफिक चिन्ह, सडक अनुशासन, सवारी दुर्घटना न्यूनिकरण, स्कुटर तथा मोटरसाइकलजस्ता साना सवारी चलाउँदा ध्यान दिनु पर्ने कुराहरु, ट्राफिक नियम उल्लंघन गर्दा तिर्नुपर्ने जरिवाना, सडकको प्रयोग गर्दा अपनाउनुपर्ने सावधानी लगायतका विषयमा जानकारी दिएका थिए ।

कार्यक्रमको सहजीकरण जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङ प्रहरी निरीक्षक राजकुमार कार्की र प्रहरी सहायक निरीक्षक दयाराम गौतमले गरेका थिए । साथै कार्यक्रममा उपस्थित अभिभावकहरुलाई पनि ग्रामिण भेगका सडक नियमबारे जानकारी गराइएको थियो ।                             



तपाईको कमेन्ट लेख्नुहोस्