Techie IT
HK Tube Nepal

विराटनगरबासी राहुल भट्टराईद्वारा विद्यार्थीलाई ब्याग प्रदान


कानेपोखरी, असोज ०३ । आज संविधान दिवसको अवसर पारी विराटनगरबासी सामाजिक अभियान्ता राहुल भट्टराईले विद्यार्थीहरुलाई स्कुल ब्याग प्रदान गरेका छ्न ।

कानेपोखरी गाउँपालिका ६ मा रहेको सरस्वती आधारभूत विद्यालयका १५० विद्यार्थीहरुलाई स्कुल ब्याग प्रदान गरेका हुन । विद्यालयका प्रधानाध्यापक चन्द्र मगर, विव्यसका अध्यक्ष खगेन्द्र थापा, दाता राहुल भट्टराई, जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रहरी निरीक्षक राजकुमार कार्की र प्रहरी सहायक निरीक्षक दयाराम गौतमले संयुक्त रुपमा ब्याग प्रदान गरेका थिए ।

विगतदेखिनै यस विद्यालयको भौतिक तथा शैक्षिक उन्नतिका लागि विभिन्न संघसंस्थाहरुले सहयोग गर्दै आएका छन । हाल यस विद्यालयमा बालकक्षादेखि ५ सम्म पठनपाठन हुँदै आएको छ ।
सहयोगदाता भट्टराई समित सारडा स्मृति प्रतिष्ठानमा आवद्ध रहेका छ्न । यस संस्थाले निरन्तर ग्रामीण क्षेत्रमा रहेका विद्यालयहरुमा शैक्षिक सामग्री सहयोग गर्दै आइरहेको छ ।



तपाईको कमेन्ट लेख्नुहोस्