Techie IT
HK Tube Nepal

जनता आवास अन्तर्गत कानेपोखरी गापाद्वारा ६ घरपरिवारलाई घर हस्तान्तरण


कानेपोखरी, असोज ४  । ‘जनता आवास कार्यक्रम’ अन्तर्गत मोरङ कानेपोखरी गाउँपालिकाले घरविहिन ६ परिवारहरुलाई सोमबार आवास (घर) हस्तान्तरण गरेको छ ।

आर्थिक वर्ष २०७५/७६ मा कानेपोखरी गापा वडा नं. २ को वडा कार्यालय पश्चिम प्रधान टोलस्थित रुद्रबहादुर बस्नेतको १ बिग्गा १ कट्ठा १२ धुर जग्गा ५४ लाख रुपैयाँमा पालिकाले खरिद गरेको थियो ।

सो जग्गामा आर्थिक वर्ष २०७८/७९ को बजेटबाट निर्माण भएको पक्की सामुहिक आवासको प्रत्येक घरमा दुईवटा कोठा सहित चर्पी र ट्युबवेल र बिजुलीको व्यवस्था रहेको छ।

संविधान दिवसको अवसर पारी सो घरहरु कानेपोखरी २ का बखारु राजवंशी, चेतबहादुर विष्ट, पलान ऋषिदेव र पाण्डु ऋषिदेव, त्यस्तै ५ नं. वडाकि कोपिला सार्की र डम्बर बहादुर माझि गरि जम्मा ६ जनालाई पालिका अध्यक्ष राजमती इङ्नाम, उपाध्यक्ष भोलाप्रसाद अधिकारी, निर्वतमान अध्यक्ष ताराबहादुर काफ्ले लगायतले चाबी प्रदान गर्दै हस्तान्तरण गरेका थिए ।

प्रत्येक घर निर्माणका लागि ५ लाख १० हजार ४ सय ५ रुपैयाँ खर्च हुँदा जम्मा ६ वटा घरको भ्याट बाहेक ३० लाख ६२ हजार ४ सय ३० रुपैयाँ खर्च हुन आएको पालिका अध्यक्ष इङ्नामले बताइन ।

कार्यक्रममा पालिका अध्यक्ष राजमती इङ्नाम, उपाध्यक्ष भोलाप्रसाद अधिकारी, निर्वतमान अध्यक्ष ताराबहादुर काफ्ले, विभिन्न राजनीतिक पार्टीका प्रतिनिधिहरुले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रममा वडाअध्यक्षहरु खड्क बस्नेत, मोहनप्रसाद अधिकारी, सुशील बुढाथोकी, चरण गुरुङ लगायतको समेत उपस्थिति रहेको थियो । सोही अवसरमा पालिकाले संविधान दिवस पनि मनाएको थियो । उपस्थित व्यक्तिहरुले दीपप्रज्ज्वलन गरि भव्यताका साथ संविधान दिवस मनाएका थिए ।



तपाईको कमेन्ट लेख्नुहोस्