Techie IT
HK Tube Nepal

मज्जाको भिडियोमा “परदेशको कथा”

भिडियोमा एउटा खुसी, सुखी परिवार आर्थिक अवस्था कमजोरी भएकै कारण कसरी विदेशिन बाँध्य बन्छ भन्ने कथा प्रस्तुत गरिएको छ ।


दुई दशक हङकङलाई कर्मथलो बनाएका मज्जाको राईले आफ्नो निर्देशनमा परदेशका पिडा समेटिएको भिडियो सार्वजनिक गरेका छन् ।

भिडियोमा एउटा खुसी, सुखी परिवार आर्थिक अवस्था कमजोरी भएकै कारण कसरी विदेशिन बाँध्य बन्छ भन्ने कथा प्रस्तुत गरिएको छ ।

कलाकारद्धय एलिस राई र रेखा लिम्बुको अभिनयले भिडियोलाई जिवन्त बनाएको छ ।

भिडियोलाई चमन राईको संयोजनमा किवाहाङ राई र आर्शु श्रेष्ठले खिचेका छन् ।
अरुन पाईजा पुनको रचना र स्वरमा तयार गरिएको गीतलाई कृष्ण लिम्बुले संगित संयोजन गरेका छन् ।

फोटो, भिडियोग्राफी र पत्रकारिता कर्ममा निरन्तर सङ्घर्षशिल राई भिडियो मार्फत आम नेपालीहरुको कथा भन्न चाहेको बताउँछन् । म आफै विदेशिएको छु, पारिवारिक खुसी र आर्थिक अवस्था सुधारकै लागि लामो समयदेखी परिवारबाट टाढा थिए । नेपाल आएको बखत आफ्नो कथा मार्फत सम्पुर्ण युवायुवतीहरुको कथा भन्ने प्रयास गरेको छु, आशा छ सवैले माया गर्नुहुन्छ, उनी भन्छन् ।

भिडियोलाई अर्जुन पाईजा पुन युट्युव च्यानलबाट सार्वजनिक गरिएको छ ।

भिडियो हेर्नका लागि तलको लिकंमा क्लिक गर्नुहोस् ।।



तपाईको कमेन्ट लेख्नुहोस्