Techie IT
HK Tube Nepal

कानेपोखरी आइटिएफद्वारा शुभकामना आदनप्रदान कार्यक्रम


कानेपोखरी, असोज १८ । मोरङ कानेपोखरी गाउँपालिकामा रहेको कानेपोखरी आइटिएफ तेक्वाण्डो डोजाङ्गले आइतबार शुभकामना आदनप्रदान कार्यक्रम गरेको छ ।

बडा दशैं, शुभदिपावली र छठपर्व २०७९ को अवसर पारी आइटिएफ प्रशिक्षक/खेलाडी, जनप्रतिनिधि, समाजसेवी लगायतसँग टीका लगाएर शुभकामना आदनप्रदान कार्यक्रम गरेको हो ।

सोही अवसरमा कानेपोखरी ६ निवासी आइटिएफकि खेलाडी इन्दिरा थापालाई नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा छनोट भएकोमा बधाई तथा यात्राको शुभकामना पनि उपस्थितहरुले दिएका थिए ।

सो अवसरमा बोल्दै पालिका अध्यक्ष राजमती इङ्नामले खेलले शारीरिक मात्र नभई मानसिक, बौद्धिक र चारित्रीक विकासमा पनि सहयोग पुर्‍याउन मदत गर्ने बताइन । उनले भनीन, ‘इन्दिरा थापा पालिकाकै लागि एउटा गौरव हुन्, उनको खेल जिवनको प्रगतीका लागि पालिकाको सहयोग निरन्तर रहनेछ’ । साथै खेल र खेलाडिप्रती स्थानिय सरकार सधैं सकारात्मक रहेको छ, ‘उनले भनिन् ।

त्यस्तै, बोल्ने अन्य वक्ताहरु वडा नं. ६ का अध्यक्ष खडग बस्नेत, युवानेता नवीन पौडेल, कानेपोखरी आइटिएफ सल्लाहकार एविन पाठक, कानेपोखरी आइटिएफ मुख्य प्रशिक्षक/अध्यक्ष युवराज भुजेलले कानेपोखरीमा आइटिएफले चाडैं सफल पहिचान बनाएको बताए । अब आइटिएफलाई अझ प्रवर्द्धन र संरक्षण गर्न स्थानीय सरकारले ध्यान दिनुपर्ने लगायतका एकै किसिमका कुरा राखेका थिए ।



तपाईको कमेन्ट लेख्नुहोस्