Techie IT
HK Tube Nepal

मोरङ क्षेत्र नं. ३ – ढकाल संघमा राई र सुवेदी प्रदेशमा


कानेपोखरी, असोज २३ । मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधि सभाको निर्वाचनका लागि उम्मेदवारी दर्ता देशैभरी आइतबार सम्पन्न भएको छ ।
सोसँगै नेपाल कम्युनिष्ट पार्टि(एमाले) मोरङ क्षेत्र नं. ३ ले उम्मेदवारको टुंगो लगाएको छ ।
प्रतिनिधि सभाको लागि भानुभक्त ढकालले उम्मेदवारी दर्ता गराउँदा प्रदेश सभातर्फ (क) मा दिलिपकुमार राई(किशोर) र (ख) मा ज्ञानेन्द्र सुवेदीले उम्मेदवारी दर्ता गराएका हुन ।
ढकाल गत निर्वाचनमा पनि निर्वाचित भएका थिए । उनले भने, ‘ मेरो उम्मेदवारी यस क्षेत्रको सामाजिक, आर्थिक र भौतिक विकासका लागि हो, विगतमा पूरा नभएका योजनाहरुलाई अब सम्पन्न गर्नेछु’ ।
अघिल्लो निर्वाचनमा काङ्ग्रेसका सुनिल शर्मालाई भारी मतान्तरले हराउँदै विजयी भएका ढकालले कानुनमन्त्री, स्वास्थ्यमन्त्री र संस्कृती पर्यटन तथा नागरिक नागरिक उड्डयान मन्त्रीको जिम्मेवारी सम्हालेका थिए । हाल उनी एमाले स्थायी कमिटी सदस्य हुन् ।
त्यस्तै, राई मोरङ पथरी शनिश्चरे नगरका पुर्वमेयर र सुवेदी बेलवारीका पुर्वमेयर हुन ।



तपाईको कमेन्ट लेख्नुहोस्