Techie IT
HK Tube Nepal

राप्रपा मोरङ ३ बाट रेखा थापाको उम्मेदवारी


कानेपोखरी, असोज २३ । आगामी मंसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेशसभा सदस्यको निर्वाचनका लागि राष्ट्रिय प्रजातन्त्र पार्टि (राप्रपा) मोरङ क्षेत्र नम्बर ३ बाट नायिका रेखा थापाले उम्मेदवारी दर्ता गराएकी छिन ।

आज दिउँसो निर्वाचन अधिकृतको कार्यालय बेलवारी पुगेर थापाले प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवारी दर्ता गराएकी हुन । लामो समय चलचित्र क्षेत्रमा बिताएकी थापा केही वर्षयता राजनितिक क्षेत्रमा सक्रिय रहदैँ आएकी छिन ।

उनिसँगै प्रदेश सभा तर्फ (क) मा तिर्थ बहादुर गुरुङ र (ख) तर्फबाट रमेश रिजालले उम्मेदवारी दिएका छ्न ।

उनले सामाजिक संजाल फेसबुकमा लेखेकी छिन:-
“मेरो राजनीतिक यात्रा समयको माग हो। आज मोरङका जनताको सेवाका लागिविगत ३० वर्षदेखि संसदमा पुगेका दलका नेताहरुले मोरङबासीका लागि गरेको काम हेर्दा समाजले एउटा नेतृत्वबाट गर्ने अपेक्षा र नेतृत्वले जनताप्रति गरेको घातका कारण माेरङका जनताका खातिर युवाले गरेको विद्रोह हो। 
अब पनि हामी नबाेले, आमीले आवाज नउठाए कसले उठाउछ ? देश बनाउन् कसम खाएका नेताहरुले देश त परै जावस आफ्नाे समाजकोलागी सम्म पनि उत्तरदायी बन्न् किन सकेनन ? किन हामी मोरङवासी सधै देशको, राजनीतिकाे केन्द्रविन्दु हुँदाहुँदै पनि पछि परिेका छौ त ?  यस्तै तमाम समस्याले गर्दा मैले मोर क्षेत्र नै ३ बसट युवा विद्राेहको रुपमा उमेद्वारी दिएकी छु।  रंगमन्चको पर्दामा रेखा थापाको जुन खालको योगदान थियो। अब नेपाली समाजको, मोरङबासीको, आमाहरु अनि छोरीहरुका लागि विशेष योजनासहित काम गर्नेछु। 

यस पटक पैसाले भोटकिन्ने प्रथाको अन्त्य गरौं। यस पटक  जनतालाई झुट बोलेर सांसद बन्ने प्रथाको अन्य गरौं। छिट्टै मैले मेरा केही योजनाहरुसहित तपाईको विचमा आफुलाई उभ्याउने छु।  यस पटक मोरङले राजनीतिक  उच्च चेतना  प्रदशन गर्नेछ, मोरङबासी राजनीतिक दास होइनन्, उच्च चेतना र परिर्वतनका संवाहक पनि हुन, भनेर  गतिलो जवाफ दिनेछन् भन्ने विश्वासकासाथ संसदीय इतिहाँसमा मोरङले परिर्वतनका लागि विद्रोह गदैछ। त्यो चेतनशील विद्रोहमामा सम्पुर्ण आमा बुबा दाजुभाई दिदिबहिनीहरुले दिनुभएको साथ र हातलाई म सधै उच्च सम्मान गर्नेछु । मोरङबासीको जित सुनिश्चित छ।  धन्यवाद”



तपाईको कमेन्ट लेख्नुहोस्