Techie IT
HK Tube Nepal

९ औं राष्ट्रिय खेलकुदमा सहभागी हुने इन्दिरालाई पालिकाद्वारा बिदाई


कानेपोखरी, असोज २४ । मोरङ कानेपोखरी आइटिएफ तेक्वाण्डो डोजाङ्गकी खेलाडी इन्दिरा थापालाई कानेपोखरी गाउँपालिकाले एक कार्यक्रमको आयोजना गरि बिदाइ गरेको छ ।

गण्डकी प्रदेशको सुन्दर पर्यटकीय नगरी कास्कीको पोखरामा आगामी असोज २८ देखि कात्तिक ३ गतेसम्म आयोजना हुने नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागी हुन जाने कानेपोखरी ६ निवासी थापालाई पालिका अध्यक्ष राजमती इङ्नाम, कानेपोखरी तेक्वाण्डोका अध्यक्ष युवराज भुजेल, वडाअध्यक्ष चरण गुरुङ, मदन भण्डारी स्पोर्ट्स एकेडेमी मोरङ अध्यक्ष भुपाल श्रेष्ठ, कानेपोखरी तेक्वाण्डोका पदाधिकारीहरु लगायतको उपस्थितमा शुभकामना सहित बिदाई गरिएको हो ।
(४५-५०) तौल समूह अन्तर्गतको आइटिएफ महिला खेलाडीको रुपमा प्रतिस्पर्धा गर्न थापा राष्ट्रिय खेलमा छनोट भएकी हुन । खेलाडी थापा जिल्ला र प्रदेशमा प्रथम हुँदै यस प्रतियोगिताको यात्रासम्म आइपुगेको हुन ।

हाल प्रदेश १ बाट थापा सहित आइटिएफ खेलमा सहभागी हुने २५ जना खेलाडीहरु बन्द ट्रेनिङमा रहेका छ्न । प्रशिक्षक राजेन्द्र धिमालले प्रशिक्षण गराइरहेका छ्न । प्रदेशबाट २६ गते २५ खेलाडी र एकजना प्रशिक्षक सहित २६ जना पोखरा प्रस्थान गर्ने कार्यक्रम रहेको छ । तेक्वाण्डो खेल २८ गते सञ्चालन हुनेछ । असोज २३ गतेबाटनै औपचारिक रुपमा नवौं राष्ट्रिय खेलकुदको सुरुवात भइसकेको छ भने  असोज २८ गतेको उद्घाटन समारोह तथा कार्तिक ३ गते हुने समापन हुनेछ । हाल, पुरुष र महिला क्रिकेट, पुरुषतर्फको ह्याण्डबल खेल लगायतको खेलहरु जारी छ्न ।



तपाईको कमेन्ट लेख्नुहोस्