Techie IT
HK Tube Nepal

तेक्वाण्डोमा प्रदेश १ लाई ३ स्वर्ण, २ रजत र ५ कास्य पदक


कानेपोखरी, कार्तिक ०५ । गण्डकी प्रदेशको पोखरामा सम्पन्न भएको नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा प्रदेश १ ले ३ स्वर्ण ,२ रजत  र ५ कास्य पदक हात पार्न सफल भएको छ ।

बिहिवार सम्पन्न आइटिएफ तेक्वाण्डो प्रतियोगितामा मोरङकि कुसुम राजवंशी, झापाका रोसन मगर, र भोजपुरका वीर बहादुर तामाङले स्वर्ण पदक जित्दा रजक पदक जित्नेहरुमा ईन्दिरा थापा, सजिना तामाङ रहेका छन् ।
त्यस्तै, कास्य पदक ल्याउनेमा नितेश खवास, हिरादन राई, दिलन राई र सदिप तामाङ रहेको नेपाल अन्तर्राष्ट्रिय तेक्वाण्डो मार्सल आटका केन्द्रीय उपाध्यक्ष तथा रेफ्री प्रमुख प्रविण कुमार कार्कीले जानकारी दिए ।

त्यसैगरी अन्य विभिन्न विद्याको खेलबाट प्रदेश १ ले १० स्वर्णसहित ८३ पदक ल्याउँदै तालिकाको छैटौं स्थानमा पर्न सफल भएको छ । प्रतियोगितामा १० स्वर्ण, २३ रजत र ५० कास्य पदक गरी जम्मा प्रदेश १ ले ८३ पदक ल्याएर छैटौं भएको हो । प्रदेश १ बाट २५० जना खेलाडीहरुले  सहभागी जनाउँदा १० जनाले पदक हासिल गरेको हुन ।



तपाईको कमेन्ट लेख्नुहोस्