Techie IT
HK Tube Nepal

गठबन्धनलाई धक्का : माओवादीका शसक्त नेता भण्डारी लगायतका एमालेमा प्रवेश


कानेपोखरी, कार्तिक ०७ । मोरङ क्षेत्र नं. ३ मा नेकपा एमालेले चुनावी अभियानलाई तिव्र बनाउँदै लगेको छ । यसैबीच नेकपा एमालेका स्थायी कमिटी सदस्य एवं मोरङ क्षेत्र नम्बर-३ का उम्मेदवार भानुभक्त ढकालले आफ्नो अभियानमा कार्यकर्ताहरुलाई जोड्दै अन्य पार्टीबाट नेता कार्यकर्ता भित्र्याउन पनि थालेका छन् ।

सोमबार मोरङ कानेपोखरीमा राष्ट्रिय युवा संघ, कानेपोखरी आयोजना गरेको वृहत कार्यक्रममा  पथरीशनिश्चरेका पूर्व वडा अध्यक्ष एवं माओवादी केन्द्रका नेता गोविन्दबहादुर भण्डारीलाई नेकपा एमालेमा प्रवेश गरेका छन् । नेकपा माओवादीले सो क्षेत्रबाट प्रदेश र संघ दुवैमा उम्मेदवारी पाएको छैन् ।

स्थानीय स्तरमा लोकप्रिय भण्डारीको प्रवेशले माओवादीलाई ठुलो धक्का लागेको छ । भण्डारीसँगै भगवत पासवान, गोपाल ठटाल, कमल आचार्य, दिपक लोहार लगायतका माओवादी नेता पनि एमालेमा प्रवेश गरेका छन् ।

ढकाल अहिले आफ्नो निर्वाचन क्षेत्रका विभिन्न कार्यक्रमहरुमा तीव्र रुपमा आफ्ना गतिविधिलाई अगाडी बढाएका छन् । त्यस क्षेत्रका गठबन्धनका उम्मेदवारले उपचारको वहानामा भोट बार्गेनिङ गर्दै आफ्नो प्रचार गर्दै आएको अवस्थामा ढकालले भने त्यस क्षेत्रको विकास र समृद्धिको नारालाई अघि बढाएका छन् ।

अघिल्लो पटक आफू निर्वाचित भएपछि गरेका कामहरुको फेहरिस्त लिएर उनी जनताको दैलोमा पुगेका छन् ।



तपाईको कमेन्ट लेख्नुहोस्