Techie IT
HK Tube Nepal

पिट्सवर्ग कप : दोश्रो दिन बेलबारी एफसी सेमिफाइनलमा प्रवेश


पथरीशनिश्चरे, कार्तिक १२ । शनिबार भएको अति नै प्रतिस्पर्धात्मक खेलको निर्धारित समयको  २१ औ मिनेटमा बेलबारी एफसीका जर्सी नं. १० विल्सन गिरीले साथीले दिएको सुन्दर पासलाई गोलमा परिणत गरेका थिए भने जर्सी नं. १४ का निशान लिम्बुले विपक्षी टिमका गोल रक्षकलाई छलेर  खेलको ६५ औं मिनेटमा अर्को १ गोल गर्दै आफ्नो टिमलाई २ -० को अग्रता दिलाएका थिए।
मोरङ्गको पथरीशनिश्चरे नगरस्थित पथरीशनिश्चरे प्रस्तावित रंगशालामा जारी पिट्सवर्ग च्यालेन्ज कप २०२२ को दोस्रो दिनको खेलमा बेलबारी एफसी  बेलडाँडी एफसी विरुद्ध २-१ गोल गर्दै विजयी भएको हो।

सोही खेलको निर्धारित २ मिनेट समयवधि सकिन लाग्दा बेलडाँडी एफसीका जर्सी नं. १८ का नवीन विश्वकर्माले फल भएपछि पाएको पेनाल्टी सुटमा गोल गरी आफ्नो टिमलाई २-१ को अन्तरमा ल्याएका थिए।
आजको बेलबारीका जर्सी नं. १९ मौसम लिम्बु घोषित भए । भोलि आईतबारको खेल लेटाङ्ग एफसी र शनिश्चरे शिविरबिच खेल हुनेछ।
पिट्सवर्ग च्यालेन्ज कप कार्यक्रमको संयोजक  गणेश थक्लुङ लिम्बूकाे  अध्यक्षतामा भएको आजको खेलमा इन्ट्रा -फाउण्डेशन अफ नेपालका अध्यक्ष समेत रहेका प्रमुख अतिथि नेपाली चलचित्र क्षेत्रको सुपरिचित नायक दिलिप रायमाझीको प्रमुख आतिथ्यमा सम्पन्न खेलमा ईन्ट्रा फाउण्डेशनका मेनेजिङ डाईरेक्टर रूद्र बाँनिया , ड्राईमण्ड स्पोसर सिजल एण्ड सीस्टर  मेघ सुवेदी, पिट्सवर्ग च्यालेन्ज कप फाउण्डर अर्जुन विष्ट , ईलाका प्रहरी कार्यालय पथरीका प्रमुख प्रहरी नायव उपरीक्षक वेदप्रसाद गौतम, वडा नं. १० का वडाध्यक्ष जीवन खतिवडा, समेतको उपस्थिति थियो।



तपाईको कमेन्ट लेख्नुहोस्