Techie IT
HK Tube Nepal

सक्रिय पत्रकार जम्नेली सम्मानित


पथरी शनिश्चरे, कार्तिक १९ । मोरङलाई कार्य क्षेत्र बनाएर करिब दुई दशक अघिदेखि पत्रकारिता गर्दै आएका मोरङ पथरीशनिश्चरे नगरपालिका १ बस्ने अर्जुन जम्नेली राईलाई लर्ड बुद्ध बचत तथा ऋण सहकारी संस्थाले सम्मान गरेको छ ।

पथरीशनिश्चरे २ मा रहेको लर्ड बुद्ध बचत तथा ऋण सहकारी संस्थाले आफ्नो २० औं बार्षिक साधारण सभाको अवसरमा सम्मान गरेको हो ।
लर्ड बुद्ध बचत तथा ऋण सहकारी संस्थालाई स्थापित गराउनुको साथै संस्थाको सदस्यहरुको आर्थिक, सामाजिक, सांस्कृतिक रुपान्तरणसँगै यसको बिकासमा महत्वपूर्ण योगदान गरेको भन्दै पूर्व सञ्चालकको रुपमा दोसल्लाह ओढाउनुको साथै र सम्मान पत्र प्रदान गरिएको छ ।

समाज शास्त्रमा एमए (स्नातकोत्तर) गरेका अर्जुन जम्नेली राई पथरीशनिश्चरे १ मा रहेको नमूना घोषित पञ्चायत माविको कक्षा ११ र १२ मा आम सञ्चार विषय पढाउँदै आएका छ्न ।

२०५९ सालदेखि निरन्तर पत्रकारिता गर्दै आएका राईसँग गोरखापत्र, ब्लाष्ट टाइम्स दैनिक, पूर्बी कमाण्ड दैनिक, विभिन्न एफएम तथा टेलिभिजनहरुमा काम गरेको अनुभव छ । उनी  हाल रातोकलम अनलाइनमा प्रबन्ध सम्पादकको रुपमा कार्यरत छन ।
नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) १ नं. प्रदेश समितिको निवर्तमान अध्यक्ष राई, नेपाल पत्रकार महासंघ मोरङको पूर्व जिल्ला समिति सदस्य, सञ्चार क्लव उर्लाबारीको वर्तमान सल्लाहाकार, किरात राई यायोक्खा केन्द्रीय उपमहासचिव भएर समाजिक कामहरु गर्दै आएका छ्न ।
राई पथरीशनिश्चरे नगरपालिकाको अग्रज पत्रकार सम्मान, फोनिज मोरङ, किरात राई यायोक्खा मोरङ, किरात राई पत्रकार संघ सुनसरी लगायतका संघ, संस्थाहरुद्वारा यस अघिनै सम्मानित भइसकेका छन।
लर्ड बुद्ध बचत तथा ऋण सहकारी संस्थाको २० औं बार्षिक साधारण सभामा घोषित सम्मान आज (शनिबार) संस्थाको कार्यालयमा प्रदान गरेको हो । संस्थाको अध्यक्ष धनराज राईको सभापतित्वमा पथरीशनिश्चरे नगरपालिका २ का वडा अध्यक्ष नैना राई, सचिव महेन्द्र ढुङ्गाना, ब्यबस्थापक गणेश बछना राई लगायतको उपस्थिति रहेको थियो । लर्ड बुद्ध सहकारी संस्थाले आजै २८ जना जेष्ठ नागरिकहरुलाई जेष्ठ नागरिक भत्ता वितरण गरेको थियो । लर्ड बुद्ध सहकारी संस्थाले ७० बर्ष नाघेका सदस्यहरुलाई बृद्ध भत्ता प्रदान गर्दै आएको छ ।



तपाईको कमेन्ट लेख्नुहोस्