Techie IT
HK Tube Nepal

पथरीशनिश्चरे–१ मा एमालेको वृहत् घरदैलो कार्यक्रम


पथरी शनिश्चरे, कार्तिक -२९ । प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनकोे सम्मुखमा आज पथरीशनिश्चरे–१मा एमालेले वृहत् घरदैलो कार्यक्रम भएको छ ।
नेकपा एमालेका तर्फबाट प्रदेश सभा सदस्य (क)का उम्मेद्वार दिलिपकुमार राई (किशोर) सहित भएको घरदैलो कार्यक्रममा युवायुवती, वृद्ध, वृद्धाहरूको उत्लासमय उपस्थितिमा घरदैलो कार्यक्रम भएको वडा नं. १ का अध्यक्ष प्रदिपकुमार राईले जानकारी दिए । पथरीशनिश्चरे वडा- १ कमिटीले कार्यक्रमको आयोजना गरेको हो ।

दिउँसो १ बजे पार्टी कार्यालय रत्नचौकबाट सुरु भएको एमालेको अभियान बुद्ध चौक, मन्दिर लाइन, हनुमान चौक, एकता चौक, शिखर चौक, ट्राफिक कार्यालय, जनआन्दोलन चौक हुँदै मन्दिर लाइनमा गएर विर्सजन गरिएको थियो ।

अन्त्यमा उम्मेद्वार दिलिपकुमार राईले सम्पूर्ण मतदाताहरुलाई आफू नगर प्रमुख हुँदा सम्पूर्ण समस्याहरुको पहिचान गरिसकेको र सकेसम्म आफूले सोही पदमा हुँदा समस्याको हल गरेको बताउँदै अब प्रदेशको मार्गचित्र पनि आफूले तयार गरिसकेको बताए ।



तपाईको कमेन्ट लेख्नुहोस्