Techie IT
HK Tube Nepal

जन्मदिनको अवसर पारी प्रणामी मन्दिरलाई सहयोग प्रदान


जनक ढकाल
कानेपोखरी, मंसिर ३ । मोरङको कानेपोखरी ६ मा अवस्थित श्री कृष्ण प्रणामी मन्दिरलाई स्थानिय रेवती प्रसाद रिजाल (दिपक) ले शुक्रवार ७५ हजार बरावरको जिन्सी सामग्री प्रदान गरेका छन ।

कानेपोखरी ६ मा रहेको कृष्ण प्रणामी मन्दिरको वृहत्तर हितका निम्ति स्थानिय कानेपोखरी ४ का रिजालले ७५ हजार बरावरको जिन्सी समान सहयोग गरेका हुन ।

हाल वैदेशिक रोजगारीका लागि क्यानाडामा रहेका रिजालले आफ्नो जन्म दिनको अवसरमा मन्दिरलाई सहयोग स्वरुप १ थान साउण्ड सेट, १ थान हारमोनियम, १ थान पोडियम, १ थान पानस लगायतका ७५ हजार बरावरको जिन्सी समान प्रदान गरेको रिजालले बताए ।

आफ्नो जन्म दिनको अवसर पारेर आफ्नो कमाईको केहि हित्सा वार्षिक रुपमा बिभिन्न धार्मिक तथा समाजिक कार्यमा लगाउने गरेको रिजालले सुनाए ।

मन्दिरको ४४ औं वार्षिक उत्सवको अवसर पारेर रिजालले प्रदान गरेको समान उनकी आमा कला देवी रिजालले औपचारिक रुपमा मन्दिर समितिलाई शुक्रबार हस्तान्तरण गरेको मन्दिर संचालक समितिका अध्यक्ष बुद्धराज पुडासैनीले बताए ।



तपाईको कमेन्ट लेख्नुहोस्