Techie IT
HK Tube Nepal

मिसेस हङकङहरुको अभिनय मोह

प्रतियोगितामा बेष्ट फोटोजेनिक र फ्रेन्डसिपको उपाधी जितेकी मञ्जु थापा र बेष्ट स्माईल करुणा प्रधानले म्युजिक भिडियो मार्फत आफ्नो अभिनय यात्रा शुरु गरेका छन् ।


ङकङमा नेपाली महिला संघको आयोजनामा पहिलोपटक विवाहित महिलाहरुको शौन्दर्य प्रतियोगिता मिसेस हङकङ २०१८ आयोजना गरिएको थियो ।
पहिलोपटक भएर पनि होला, उत्साह र आलोचनाकाबीचमा प्रतियोगिता सम्पन्न भयो । पूर्वमिस नेपाल सुगरिका केसी र मोडल विनोदकुमार बस्नेतको संयुक्त कोरियोग्राफी रहेको प्रतियोगितामा पविता पुमा राईले मिसेस हङकङको ताज जितिन ।
काम गर्नैपर्ने हङकङको ब्यस्त जीवन र पारिवारिक कठिनाईले आफ्नो प्रतिभा र ईच्छालाई दबाएर बसेकाहरुका लागि मिसेस हङकङ गतिलो अवसर बनेर आएको थियो ।
हरेक बर्ष प्रतियोगितालाई निरन्तरता दिने भनिएता पनि, अहिलेसम्म मिसेस हङकङको दोश्रो संस्करण हुन सकेको छैन ।

प्रतियोगितामा बेष्ट फोटोजेनिक र फ्रेन्डसिपको उपाधी जितेकी मञ्जु थापा र बेष्ट स्माईल करुणा प्रधानले म्युजिक भिडियो मार्फत आफ्नो अभिनय यात्रा शुरु गरेका छन् ।
मिसेस हङकङका सामाजिक अभियानका कार्यक्रममा साथ दिदै आएका यी शुन्दरीहरुले आफ्नो दृढ ईच्छा र अभिनय मोहका कारण भिडियोबाट अभिनय करियर शुरु गरेको बताएका छन् ।

लोकगायनमा समेत अब्बल मञ्जुले यसअघि पनि केहि गीतमा स्वर र भिडियोमा अभिनय गरिसकेकी छिन् । गृह जिल्ला पाल्पा भएकी मञ्जुले आफ्नो ठाउँलाई पर्यटकीय केन्द्रकारुपमा विकास गर्ने हेतु भिडियोको निर्माण गरेको बताईन ।
पाल्पामा निर्माण भएको शुन्दर रानी महलको पृष्ठभूमीमा भिडियोलाई छायाङ्कन गरिएको छ । भिडियोमा मञ्जु र नायक धिरेन शाक्यको रोमान्स देख्न सकिन्छ । उत्तम हुमागाईको छायाङ्कन, प्रविन श्रेष्ठको सम्पादनमा कमल राईले भिडियोलाई निर्देशन गरेका छन् ।
गृहनगर पाल्पा नै भएका नायक धिरेन शाक्य आफ्नो जन्म स्थानको पर्यटन प्रर्वद्धन गर्न पाउँदा गौरव महशुस भएको बताउँछन् ।

हेर्नुहोस् भिडियो,

सयौं नेपाली चलचित्र मार्फत दर्शकहरुको प्रिय नायक बनेका शाक्य र मञ्जुको अभिनयमा लोकप्रिय गायक आनन्द कार्की र साधना सरगमको स्वर रहेको छ । आनन्द अधिकारीको शब्द र सचिन सिहंको संगितमा तयार भएको गीतको भिडियोलाई आनन्द कार्की अफिसियल युट्युव च्यानलबाट सार्वजनिक गरिएको छ ।

मिसेस बेष्ट स्माईलको ताज जितेकी करुणा प्रधान र देवराज आचार्य अभिनित भिडियो तिमी छौ र ? रिलिजको तयारीमा छ ।
शौन्दर्य पेशामा आवद्ध करुणा सामाजिक काममा अग्रणी महिलाकोरुपमा हङकङमा आफ्नो छवि बनाएकी छिन् ।

अभिनय र समाजसेवालाई आफ्नो जीवनको लक्ष्य मान्ने करुणा म्युजिक भिडियो मार्फत अभिनयको यात्रा शुरु गरेको बताउँछिन् । आफ्नो कलालाई प्रष्फुटन गराउँनका लागि उमेरले नछेक्ने बताउँने उनी, परिवारको साथ र सहयोगले आगामी यात्रा सहज हुने बताउँछिन् ।

अनु चौधरी र देवराज आचार्यको स्वर रहेको गीतलाई हिक्मत बुडाथोकीले लेखेका हुन भने संगित नरहरी प्रेमीको रहेको छ ।
छायाङ्कन सम्पन्न गरिएको भिडियोलाई देवराज स्वयंमले निर्देशन गरेका छन् भने पदम सुवेदीको सम्पादन, रेशम दर्लामीले खिचेका छन् ।

हेर्नुहोस् भिडियो ।।

 

 

 

 

 



तपाईको कमेन्ट लेख्नुहोस्