Techie IT
HK Tube Nepal

शब्द र संगितमा धरान शहर, साक्थिमको सांगितीक कमब्याक

साक्थिमको स्वर र संगितलाई चर्चित गायीका मेलिना राईले साथ दिएकी छिन ।


ङकङेली गायक तथा संगितकार साक्थिम योङ्याले सांगितीक कमब्याक गरेका छन् ।

तीन दर्जन भन्दा बढि गीतमा स्वर र संगित दिएका साक्थिम हङकङेली नेपाली समाजमा संगित श्रृजना र प्रस्तुतीका पर्याय हुन् । पछिल्लो समय उनैले धरान शहर बोलको गीत र भिडियो सार्वजनिक गरेका छन् ।

लाहुरेको शहर भनिएर चिनिएको धरान र हङकङको सम्बन्ध अमिट छ । लोकशैली भाकामा तयार पारिएको गीतमा किशोरकिशोरीको प्रेमील भावमा धरानको विम्ब प्रस्तुत गरिएको छ ।

साक्थिमको स्वर र संगितलाई चर्चित गायीका मेलिना राईले साथ दिएकी छिन । गीतमा विष्णु खजुमको रचना र चन्दु गोर्खालीको एरेन्ज रहेको छ ।

धरानसँगै पुर्वको ईलाम लगायतका स्थानहरुमा छायाङ्कन गरिएको भिडियोमा युमन सोदेम्बा लिम्बु र रेखा फागोको रोमान्स देख्न सकिन्छ । गरिमा डान्स सेन्टरको कोरस रहेको भिडियोमा देवजङ थापाको निर्देशन, छायाङ्कन रहेको छ ।

प्रकाश लिम्बुको निर्माणमा तयार गीत र भिडियोलाई मिडिया कनेक्सन युट्युव च्यानलबाट सार्वजनिक गरिएको छ ।

भिडियो हेर्नका लागि तलको लिकंमा क्लिक गर्नुहोस् ।



तपाईको कमेन्ट लेख्नुहोस्