Techie IT
HK Tube Nepal

जुनियर युवा रेडक्रस सर्कल गोष्ठीको उद्घाटन


पथरीशनिश्चरे, फागुन २२ । ३९ औं जिल्ला स्तरिय जुनियर युवा रेडक्रस सर्कलको दुई दिने गोष्ठी मोरङको पथरीशनिश्चरेका नगरपालिकाको पथरी बहुमुखी क्याम्पसको सभाहलमा  सूरू भएको छ ।
शनिबार नगरपालिकाका प्रमुख दिलिप कुमार राईले रेडक्रसका संस्थापक डा. हेनेरी ड्युनाको प्रतिमामा माल्यार्पण गर्दै दिप प्रज्ज्वलन गरेर उद्धाटन गरेका हुन ।
प्रमुख अतिथि मेयर राईले रेडक्रसको भावना र  मर्मलाई आत्मसात् गर्दै मानवीय सेवाको लागि तत्पर रहन गोष्ठी सफल रहोस् भन्दै शुभकामना व्यक्त गरेका थिए । उनले नगरभित्र रेडक्रसकर्मीले प्राथमिक स्वास्थ्य र मानवीय सेवा सम्बन्धी गतिविधि संचालन गर्न नगरले पनि सक्दो सहयोग गर्ने बताए ।

उनले नगरको तर्फबाट शनिश्चरे उप -शाखाको  आगामी गतिबिधि संचालन गर्नकालागि यसै आर्थिक वर्षमा ५ लाख ५५ हजार रुपैयाँ बजेट विनियोजन गरेको जनाए ।
लामो समयदेखि रेडक्रसको भावना अनुसार  मानवीय सेवा प्रदान गर्दै आएका दुई शिक्षक नायक दुर्गा सुवेदी र विन्देश्वर मण्डललाई मोरङ्ग जिल्ला रेडक्रस शाखाका मन्त्री सुखदेव मण्डलले सम्मान प्रदान गरेका थिए ।
सोहि अवसरमा २०७७ को उत्कृष्ट प्रथम,दृतिय तथा तृतीय स्थान हासिल गरेका सर्कलमा आवद्ध भएका विद्यालयहरु, शिक्षक नायकहरू ,  विद्यार्थीहरूलाई जुनियर तथा यूवा सर्कल पुरस्कार प्राप्त गरे । यसैगरी, विभिन्न किसिमका कृयाकलापहरु जस्तै- कविता, निबन्ध लेखन, नृत्य प्रदर्शन, चित्रकला, लगायतका पुरस्कार प्रदान गरिएको थियो।
उक्त अवसरमा जुनियर रेडक्रस सोसाइटीका प्रदेश नं. १ का महामन्त्री रिसीकेश कोइराला, जिल्ला रेडक्रस शाखाका उपाध्यक्षद्वय मन्दीरा गुरागाई तथा रामानन्द यादव, पथरी बहुमुखी क्याम्पसका प्राचार्य चेतन पौडेल, नेपाल जुनियर यूवा सर्कल मोरङ्ग जिल्ला संयोजक शिवराज  कोइराला लगायतको उपस्थिति रहेको थियो ।
सो कार्यक्रममा पोखरीया माविका प्राचार्य नरेन्द्र न्यौपानेले यस अघिको ३८ औं जुनियर रेडक्रस सर्कल गोष्ठी मोरङको प्रतिवेदन प्रस्तुत गरेका थिए।

उक्त अवसरमा रेडक्रस शाखाकी उप सभापति मन्दीरा गुरागाईंले जुनियर तथा यूवा सर्कलमा आवद्ध शिक्षक तथा विद्यार्थीहरूलाई  रेडक्रसको भावना अनुसार मानवीय सेवा उपलब्ध गराउने प्रतिवद्धता जनाएकी थिइन्।
पथरी बहुमुखी क्याम्पसको संचालक समितिको अध्यक्ष मोहन कुमार न्यौपानेको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा जिल्लाका ६१ वटा सामुदायिक तथा संस्थागत विद्यालयहरू सहभागिता रहेको थियो।
जिल्लाका विभिन्न विद्यालयहरुमा कार्यरत १८० बढी शिक्षक नायकहरू तथा विद्यार्थीहरूको सहभागिता रहेको थियो ।       



तपाईको कमेन्ट लेख्नुहोस्