Techie IT
HK Tube Nepal

विश्वकप छनोटका लागि आज नेपालले युएईको सामना गर्दै


काठमाडौं, फाल्गुन १० । आईसिसी ट्वेन्टी ट्वेन्टी विश्वकप ग्लोबल छनोटमा आज नेपालले युएईको सामना गर्दै छ।

ओमानको अल अमेरात क्रिकेट मैदानमा आज अपरान्ह पौने चार बजे हुने सेमीफाइनल खेलको विजेता अष्ट्रेलियामा आगामी अक्टोबर १६ देखि नोभेम्बर १३ सम्म हुने आईसीसी पुरुष टी–ट्वान्टी विश्वकपको लागि छनोट हुनेछ।

नेपाल समूह बीको विजेता बन्दै अन्तिम चारमा प्रवेश गरेको हो। नेपालले युएईलाई हराए दोस्रो पटक विश्वकप खेल्ने छ। समुह बी को अन्तिम खेलमा नेपालले क्यानडालाई ८ विकेटको फराकिलो अन्तरले हराएको थियो भने युएई समूह ए को उपविजेता हो।

नेपालले समूह चरणमा शतप्रतिशत जित निकालेको हो।  नेपाल र युएई पछिल्लो चार खेलमा समान दुई–दुई खेलमा विजयी भएका छन्।



तपाईको कमेन्ट लेख्नुहोस्