Techie IT
HK Tube Nepal

हङकङ कार्यकारी प्रमुखमा जोन ली निर्वाचित

ठुलोमात्रामा वेईजिङ समर्थन पाएका जोनले जुलाई १ मा वर्तमान कार्यकारी प्रमुख क्यारी लामलाई विदा गर्दै पदधारण गर्नेछन् ।


हङकङका कार्यकारी प्रमुखमा जोन ली का चिउ निर्वाचित बनेका छन् ।

हङकङकै ईतिहासमा सर्वाधिक ९९.४ प्रतिशत मत प्राप्त गर्दै उनी छैठौ कार्यकारी प्रमुख बनेका हुन् । जोन नेतृत्व प्राप्तीका लागि एकल उम्मेद्धार थिए, १,४२४ सदर भोट मध्ये जोनको समर्थनमा १,४१६ भोट प्राप्त भएको थियो ।

चुनावी नतिजा घोषणा पश्चात आफ्नो भनाई राख्दै जोनले आफुले प्राप्त गरेको मतको सम्मान गर्दै देश र जनताको लागि उत्कृष्ट कार्य गर्ने प्रतिवद्धता ब्यक्त गरे । सुशासन र कानुन देशको मुल स्तम्भ हो । सार्वभौमसत्ता, राष्ट्रिय सुरक्षाको रक्षा गर्दै सर्वोङगिण विकासलाई पुर्ण आत्मविश्वासका साथ चुनौतिहरुको सामना गर्दै अगाडी बढ्नेछु उनले भने ।

आफ्नो कार्यकालमा हङकङलाई आन्तरिक र वाह्य खतराहरुबाट जोगाउँने र स्थायित्वलाई प्रमुख महत्व दिईने समेत बताए ।

६४ बर्षिय पूर्व प्रहरी अधिकारी जोनले सफलतापूर्वक सुरक्षा मन्त्रीको कार्यभार सम्पन्न गरिसकेका छन् ।

ठुलोमात्रामा वेईजिङ समर्थन पाएका जोनले जुलाई १ मा वर्तमान कार्यकारी प्रमुख क्यारी लामलाई विदा गर्दै पदधारण गर्नेछन् ।

 

 

 



तपाईको कमेन्ट लेख्नुहोस्