Techie IT
HK Tube Nepal

एउटा प्रेमील भिडियो “तिमी र म”

दुई वयस्क युवायुवतीबीचको अभूतपुर्व प्रेम र समर्पणलाई भिडियोमा समेटिएको निर्देशक राई बताउँछन् ।


भागी जाउ न, तिमी र म
कहि दूर टाढा, मायाको संसारमा, जहाँ होस् माया नै हाम्रो धर्म ।

एउटा प्रेमिल गीतमा समेटिएको भावना हो ।

हङकङको आधुनिकतालाई पृष्ठभूमि बनाईएर सयौं गीतका भिडियोहरु बनेका छन् । गगनचुम्बी भवन र समुद्रको विशालतामा बनेका भिडियोहरुले पर्याप्त वाहवाही पनि पाएका छन् ।

काम गर्नैपर्ने बाध्यताका वीचमा श्रृजना भएका गीत र भिडियोहरुले थोरै भएपनि नेपाली संगित र कलाकारिताको वाङ्मयमा ईट थप्ने काम गरेको साधनामा तल्लिनहरु बताउँछन् ।

भिडियोग्राफी र निर्देशकिय क्षमताबाट हङकङेली नेपाली समाजमा आफुलाई स्थापित गरिरहेका मज्जाको राईले एक भिडियो सार्वजनिक गरेका छन् । आफ्नै छायाङ्कन, सम्पादन र निर्देशनमा सार्वजनिक भिडियोमा शिशिर गुरुङ र संगिता हुप्पाचेम्जोङ्को अभिनय रहेको छ ।

भिम पुर्जाको स्वर, अर्जुन पाईजा पुनको रचना संगित रहेको गीतको भिडियोलाई हङकङको मनोरम प्राकृतिक दृश्यहरुमा छायाङकन गरिएको भिडियोले सार्वजनिक गरिएको छोटो समयमा राम्रो प्रतिक्रिया पाईरहेको छ ।

दुई वयस्क युवायुवतीबीचको अभूतपुर्व प्रेम र समर्पणलाई भिडियोमा समेटिएको निर्देशक राई बताउँछन् । भन्छन् करिब हप्ता दिन लगाएर भिडियोको गुणस्तरलाई प्रधानता दिईएर भिडियो निर्माण गरेका छौ ।

 

 





तपाईको कमेन्ट लेख्नुहोस्