Techie IT
HK Tube Nepal

हङकङमा कबड्डीले ब्युतायो, सांगितीक माहोल

सिनेमालाई लालीगुरास (एलजी) एसोसियसन हङकङका चेतन गुरुङ र हिमाल रानाले प्रर्दशनको जिम्मा लिएका थिए ।


न् २०१९ को अन्त्यबाट शुरु भएको कोरोना कहरले हङकङमा सांगितीक माहोल ठप्प प्राय भयो ।
जारी भएको कोरोना प्रोटोकलका कारण न कुनै नेपाली सिनेमाको प्रर्दशन हुन सक्यो, न कुनै सांगितीक कार्यक्रम ।

हरेक हप्ता दर्जन बढि नेपाली कलाकारहरुको हङकङ आगमन र विभिन्न संघसस्थाहरुको आयोजनामा तय भएका कार्यक्रमहरुले हङकङको माहोल गजबले तात्ने गर्दथ्यो । नेपाली कलाकारहरु र सिनेमालाई राम्रो आर्थिक उपार्जनका लागि पनि हङकङलाई पहिलो प्राथमिकताका साथ हेरिन्थ्यो ।

कोरोना कहरको लगभग ३ बर्षमा नेपाली कथानक चलचित्र कबड्डी ४ ले हङकङमा पुन एकपटक सांगितीक माहोललाई फर्काईदिएको छ । लामो समयपछि नेपाली फिल्मलाई हलमा हेर्न पाउँदा दंग देखिन्थे हङकङेली नेपालीहरु ।

नेपालमा सफल प्रर्दशन पश्चात पर्याप्त वाहवाही पाएको चलचित्र कबड्डी ४ ले हङकङमा पनि दर्शकहरुको मन जित्यो । खचाखच दर्शकहरुले भरिएको हल प्रर्दशनको एक हप्ता अगाडी नै टिकट सोल्डआउट भएको थियो ।

सिनेमालाई लालीगुरास (एलजी) एसोसियसन हङकङका चेतन गुरुङ
र हिमाल रानाले प्रर्दशनको जिम्मा लिएका थिए ।

एलजी एसोसियसनका संयोजक चेतन गुरुङ भन्छन् कबड्डी ४ को सफलता नेपाली सिनेमाको मात्र नभएर हङकङमा नेपाली कार्यक्रमहरुको पुन सुचारुको संकेत हो । कोरोना कहर कम भएसँगै आशा गरौं चाँडै नै कार्यक्रमहरु अत्याधिक हुनेछन् ।

चलचित्र कबड्डी ४ पनि एलजी ग्रुप र सदस्य विशाल गुरुङको आर्थिक लगानीमा निर्माण भएको हो ।

सामाजिक सेवाका विविध कार्यक्रमहरुमा आफ्नो सहभागी देखाईरहेको एसोसियसनले कोरोना अघि हरेक बर्ष एलजी नाईट कार्यक्रमको आयोजना गर्दै दर्जन बढि कलाकारहरुलाई अन्तराष्टिय मञ्च दिईरहेको थियो ।

तस्बिर : बिजय सुब्बा



तपाईको कमेन्ट लेख्नुहोस्