Techie IT
HK Tube Nepal

हङकङ चेम्बर्सको सफथ तथा पदस्थापना कार्यक्रम

नवगठित कार्यसमितीहरुलाई निर्वाचित अध्यक्ष लवकुमार गुरुङले सफथ खुवाउँदै औपचारिकरुपमा पदस्थापना गरेका थिए ।


नेपाल चेम्बर्स अफ कर्मस हङकङले सफथ तथा पदस्थापना कार्यक्रम सम्पन्न गरेको छ ।

नवगठित कार्यसमितीहरुलाई निर्वाचित अध्यक्ष लवकुमार गुरुङले सफथ खुवाउँदै औपचारिकरुपमा पदस्थापना गरेका थिए ।
उपाध्यक्ष धिरजकुमार राईको स्वागत मन्तब्यसँगै शुरु भएको कार्यक्रममा हङकङस्थित महावाणिज्यदूत उदयबहादुर राना मगर, संरक्षक वेदबहादुर खड्काले चेम्बर्सको नयाँ कार्यसमितीलाई सफल कार्यकालको लागि शुभकामना दिएका थिए ।

नवनिर्वाचित अध्यक्ष लवकुमार गुरुङ भन्छन् ब्यापार, ब्यवसाय मार्फत हङकङ र नेपाललाई जोड्ने कडीकारुपमा नेपाल चेम्वर्स अफ कर्मस रहनेछ । नेपाली उत्पादनलाई हङकङको बजार मार्फत विश्वबजारमा चिनाउँनका लागि अनेकन प्रयासहरु जारी रहेनछन् । उम्मेद्धारी घोषणाताका तय गरिएका योजना तथा कार्यक्रमहरुलाई अक्षरस पालना गर्दै, हङकङमा ब्यापार ब्यवसाय गर्ने नयाँ तथा पुराना ब्यवसायीहरुका लागि अपनत्व महशुस गराउँदै चेम्बर्सले सहयोगका विभिन्न कार्यक्रमहरु संञ्चालन गर्नेछ ।

५औ अधिवेशनबाट अध्यक्ष लवकुमार गुरुङसहित उपाध्यक्षद्धय धर्मकुमार गुरुङ, धिरजकुमार राई, महासचिव सशीमदन राई, सचिव बरदान गुरुङ, कोषाध्यक्ष ईन्द्रा गुरुङ, सहकोषाध्यक्ष तिर्थ गुरुङ, कार्यकारी सदस्यहरु धुण्डीराज ज्ञवाली, प्रकाश गुरुङ, विष्णुकुमार गुरुङ, प्रदिप कन्दङ्वा, युवराज गुरुङ, सुमन ईङ्नाम, टीकामाया श्रेष्ठ, लक्ष्मण थापा मगर चयन भएका थिए ।

हङकङ स्थित महावाणिज्यदूत उदयबहादुर राना मगरको प्रमुख संरक्षण तथा सल्लाहकार रहने समितीमा ३ जना संरक्षक र १५ जना सल्लाहकारसहित चेम्बर्सको कार्यसमितीले पुर्णता पाएको छ ।

नेपाल र हङकङको ब्यापार ब्यवसायलाई मध्यनजर गर्दै स्वदेशी ब्यापार, वाणिज्य ढुवानी र उत्पादनलाई प्रर्वद्धन गर्ने हेतु सन् २००८ मा नेपाल चेम्बर अफ कमर्स हङकङको स्थापना भएको थियो । हाल चेम्बरमा कर्पोरेट र गैह् कर्पोरेट गरि करिब १२३ कम्पनीहरु सदस्य छन् ।

तस्बिर : टोपबहादुर याक्खा



तपाईको कमेन्ट लेख्नुहोस्