Techie IT
HK Tube Nepal

१० बर्षपछि नेपाल फर्किए । जन्मदिनमा माया घरको साथ

शुरेशले ईटहरी सुनसरीमा अवस्थित माया घर नेपालका १ सय ५ जना साना नानीहरु र वृद्ध आमाबुवाको साथमा केक काट्दै, सवैलाई खाना खुवाएर जन्मदिन मनाए ।


शुरेश पौडेल दश बर्षपछि नेपाल फर्किए । जापानलाई कर्मथलो बनाएका उनी आम शिक्षित युवा हुन् ।

नेपालमा अध्ययन गर्दागर्दै अवसरको खोजीमा जापान प्रवेश गरेका थिए । नेपालमा केहि गर्ने हुटहुटी पालेका उनी बलियो सम्भावना र तयारीका साथ नेपाल फर्किएका छन् ।

नेपाल फर्किएपछिको आफ्नो पहिलो जन्मदिन माया घर नेपालमा मनाउँदै शुरेश भन्छन् – “रहर र बाध्यताको सञ्जालमा जेलिएका म जस्तै कयौं युवा विदेशमै छन् । आफ्नो उर्जाशिल समय विदेशमै ब्यक्तित गर्नुपर्ने बाध्यताकोबीचमा केहि गर्ने दृढ सोचका साथ नेपाल आएको छु । विर्सिएको छैन आफ्नो देश, केहि गर्ने सपना अझै नै उस्तै छ” उनी भन्छन् ।

शुरेशले ईटहरी सुनसरीमा अवस्थित माया घर नेपालका १ सय ५ जना साना नानीहरु र वृद्ध आमाबुवाको साथमा केक काट्दै, सवैलाई खाना खुवाएर जन्मदिन मनाए ।

आफ्ना नजिकका साथीहरु र शुरेश लगायत टिमले भर्खरै शुरुवात गरेको (केजी) किन्डरगारटेन एजुकेशन एण्ड भिजा सर्भिसका सम्पुर्ण सदस्यहरु मायाघरमा भेला भएका थिए ।



तपाईको कमेन्ट लेख्नुहोस्