Techie IT
HK Tube Nepal

एउटा अमिट प्रेमकथा “माया” (भिडियो)

गीतको शब्द अनुसारको कथालाई कथानक बनाएका छन् निर्देशक मज्जाको राईले ।


लागुऔषध प्रयोगकर्ताहरु रहरैरहरमा बाध्यताको कहालीलाग्दो बाध्यतामा फसेका हुन्छन्, उनीहरुलाई बलियो आत्मविश्वास बनाउँन सहयोग गरेमा उनीहरु अवश्य सामान्य अवस्थामा फर्कन्छन् ।

एक लागुऔषध प्रयोगकर्ता युवतीलाई युवकको स्कुटरमा ठोकिन पुग्छिन् । कसैबाट लखेटिएकी युवती स्कुटरमा ठोकिएपछि घाईते बन्छिन् । ती युवाले युवतीलाई उपचारका साथै मायाले जित्न प्रयास गर्छन, उसको लागि आफ्नो ज्यानको आहुति दिन्छन् ।
हो, यहि कथा गीतमा प्रस्तुत गरिएको छ ।

“माया नै हो” बोलको गीत उर्जा ब्याण्ड मार्फत प्रस्तुत गरिएको हो । गीतमा प्रशान्त शर्माको आवाज, शर्मा र सुदिप याल्मोको रचना, एरोन दर्नालको मिक्सिङ रहेको छ ।

गीतको शब्द अनुसारको कथालाई कथानक बनाएका छन् निर्देशक मज्जाको राईले ।

भिडियोमा सहायक निर्देशन चमन राई, छायाङ्कन किवाहाङ राई, अरुषु श्रेष्ठको रहेको छ । भिडियोमा ईक्सा मादेन, एल्बिन श्रेष्ठ, सुमित श्रेष्ठको अभिनय रहेको छ ।

भिडियोलाई मज्जाको भिडियो युट्युव च्यानलबाट सार्वजनिक गरिएको छ ।

भिडियो हेर्नका लागि तलको लिकंमा क्लिक गर्नुहोस् ।

 



तपाईको कमेन्ट लेख्नुहोस्